१८ बैशाख २०७९, आईतवार   511 पटक हेरिएको


image

पालिका एक्सप्रेस,अपर सोलु हाईड्रोले साधारण शेयर (आईपीओ )निष्कासन गर्ने भएको छ। हाईड्रो कम्पनीले वैशाख २२ गते देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री गर्ने लागेको हो ।

कम्पनीले स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँ दरमा १३ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई आइपीओ जारी गर्न लागेको हो । 

इच्छुक लगानीकर्ताले  न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् । यस हाईड्रो कम्पनीको शेयर छिटोमा जेठ ५ गते सम्म र ढीलोमा जेठ २० गतेसम्म आइपीओको लागि आबेदन दिन सकिने जनाएको छ । 

यस हाईड्रोपावर कम्पनीको शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको सोलुखुम्बु शाखाबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार