१० बैशाख २०७९, शनिबार   470 पटक हेरिएको


image

पालिका एक्सप्रेस, हिमालयन हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ।नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) निष्कासन गर्नको लागि यहि बैशाख ४ गते  अनुमति प्राप्त गरेको छ।

यस हाईड्रोपावर कम्पनीले रुपैया १०० अंकित दरमा कुल २२ लाख ५० हजार कित्ताको  २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

हाइड्रोपावरको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएम्ई  क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार