
पालिका एक्सप्रेस ,उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) को बाँडफाँड भोलि शुक्रबार बिहान ८ बजे हुने भएको छ ।
यस लघुवित्त कम्पनीको साधारण शेयर(आईपीओ)को शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार आईपीओ वैशाख ९ गते शुक्रबार क्यापिटलको कार्यालय काठमाण्डौंमा बिहान ८ बजे हुने भएको छ ।
कम्पनीले गत चैत्र २५ गते देखि चैत्र ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।