६ बैशाख २०७९, मंगलवार   263 पटक हेरिएको


image

पालिका एक्सप्रेस,  सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले २०७९ बैशाख २ गते बाट निष्काशन गरेको आईपिओमा आबेदन दिने आज बैशाख ६ गते अन्तिम दिन रहेको   छ ।

सीवाईसी नेपाल लघुवित्तले रुपैयाँ १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको शेयर  जारी गरेको छ ।

बैशाख ५ गते सोमबार बेलुका सम्ममा १८ लाख ६३ हजार ७९४ आवेदनबाट दुई अर्ब ११ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको दुई करोड ११ लाख ५९ हजार ७२० कित्ता शेयरको लागि आवेदन दिएको जानकारी प्राप्त भएको  छ।

कुल निष्कासन कित्ता मध्य ०.५० प्रतिशत अर्थात् ६,०८२ कित्ता कर्मचारीको लागि ,५ प्रतिशत अर्थात १९,७६६ कित्ता साधारण शेयर सामुहिक लगानी कोषको लागि बाडफाँड गरी बाँकी ३,६९,४८८ कित्ता शेयर सर्ब-साधारणको लागि निष्कासन गरिने छ।

ईच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आबेदन दिन सक्ने छन ।शेयर निष्कासन बन्द छिटोमा ६ गते र ढिलामा १६ गते सम्म आबेदन दिन सकिने जनाएको छ ।

यस कम्पनीको साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। सेबोनले सीवाईसीलाई चैत ९ गते आईपीओ निष्कासनको अनुमति दिएको हो।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

साथै, मेरो शेयर एप तथा पोर्टलबाट पनि आवेदन दिन सकिनेछ ।





सम्बन्धित समाचार