२० कार्तिक २०७७, बिहीबार   71 पटक हेरिएको


image

नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ । कांग्रेसका नेताहरु खुलामञ्च नै पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन् ।

कांग्रेसको कोभिड अनुगमन समितिका संयोजक समेत रहनुभएका सहमहामन्त्री प्रकाशशरण महतले काठमाडौं महानगरपालिकाको अहिलेको नेतृत्वले आम नागरिकको समस्या नबुझेको बताउनुभयो ।

कांग्रेस नेता भिमसेनदास प्रधानले निःशुल्क खाना खुवाइरहेको समूहलाई १० हजार नगद सहयोग गर्दै सरकारले विकल्प नदिँदासम्म खुलामञ्चमा खाना खुवाउन रोक्न नहुने बताउनुभयो ।

त्यस्तै काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले कोरोना संक्रमित बढ्ने भन्दै असहाय, निमुखा पिडितलाई खाना खुवाउने निशुल्क ब्यबस्था नगर्नु /नगराउनु भन्ने आदेश समेत दिएका छन्।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकार सम्मेलन नै गरेर खुल्लामंच मा निःशुल्क खाना खुवाउने काम बन्द गर्नुपर्ने र यस्तो कार्य अन्य ठाउँमा व्यवस्थापन गर्न अग्रह गरेका थिए।

लेख रचनाको लागि [email protected] मा मेल गर्न सक्नु हुनेछ।





सम्बन्धित समाचार