५ बैशाख २०७९, सोमबार   377 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन ) मा २  वटा लघुवित्त कम्पनीहरुले एफपीओ निष्कासन गर्नका लागि निवेदन दिएका छन् ।

ति कम्पनीहरुमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडहरुले एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले अंकित १५९ रुपैयामा १ लाख ७८ हजार ४ सय ५१ कित्ताको २ करोड ८३ लाख ७३ हजार ७ सय ३७ रूपैयाँ ६७ पैसा बराबरको एफपीओ जारी गर्ने अनुमति माग्दै चैत्र २५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ  । 

लघुवित्त संस्थाले एफपीओ निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थाले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा गत चैत्र २९ गते निवेदन दिएको छ ।

संस्थाले १५९.०७  रुपैयाँ अंकित दरमा २ लाख ८९ हजार ४ सय ४० कित्ता ४ करोड ६० लाख ४१ हजार २ सय २० रूपैयाँ ८० पैसा बराबरको एफपीओ निष्कासन गर्नका निबेदन दिएको छ ।

संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार