४ बैशाख २०७९, आईतवार   250 पटक हेरिएको


image

पालिका  एक्सप्रेस, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को बार्षिक साधारण सभा यहि २०७९ बैंशाख १४  गते बुधबार काठमाण्डौंमा हुने भएको छ ।

कम्पनीको संचालक समितिको गत चैत २१ गते बसेको  १२५ औं बैठकको निर्णय अनुसार कम्पनीको चौंथो बार्षिक साधारण सभा वैशाख १४ गते बुधबार होटल र्याडिसन  लाजिम्पाटमा हुने भएको हो । 

यस इन्स्योरेन्स कम्पनीको सो सभामा आ.ब. २०७६/०७७ को बार्षिक प्रतिबेदन , लेखा परिक्षक प्रतिबेदन ,सोहि आ.ब. को वासलात,नाफा नोक्सान हिसाब नगद प्रबाह विवरण उपर छलफल गरी पारित गर्ने छ ।

कम्पनीको  मुख्य एजेन्डाहरुमा आर्थिक वर्ष २०७७/०७८ को लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण , संचालक समिति बैठक भत्ता तथा सुबिधाको सम्बन्धमा छलफल गर्ने ,संचालक समितिको निर्बाचन सम्बन्धि बिषय आदि उपर छलफल गर्ने छ ।

सोहि सभाले सर्वसाधारणलाई छुट्याइएको साधारण शेयर जारी गर्ने , मर्जर जस्ता एजेन्डामा उपर छलफल गरिने कम्पनीले जनाएको छ ।





सम्बन्धित समाचार