
पालिका एक्सप्रेस,बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ११ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।
यस बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारि पुंजी रु.१ अर्ब मध्य १० प्रतिशतले हुने प्रति साधारण शेयर रु.१०० अंकित दरका १० लाख कित्ता मध्य आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा न. ५, ६ र ७ (साबिक पसगाउँ तथा भोजे गा.बि.स )तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न. ८ र ९ (साबिक मिजुरेडाँडा गा.बि.स )का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचनासँग जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको छ ।
इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।आईपीओमा सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ्ग शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेशिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ।
यसका साथै नेपाल धितोपत्र बोर्डका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यस हाईड्रोपावर कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडले रहेको छ ।इच्छुक स्थानीयवासी लगानीकर्ताहरुले छिटोमा बैशाख २५ गते र ढिलामा जेठ ९ गते सम्म आइपिओमा आवेदन दिन सक्नेछन् ।