२ बैशाख २०७९, शुक्रबार   231 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपिओ)मा बैशाख २ गते आजबाट आबेदन दिन सकिने भएको छ ।

सीवाईसी नेपाल लघुवित्तले रुपैयाँ १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको शेयर  जारी गर्नेछ ।

कुल निष्कासन कित्ता मध्य ०.५० प्रतिशत अर्थात् ६,०८२ कित्ता कर्मचारीको लागि ,५ प्रतिशत अर्थात १९,७६६ कित्ता साधारण शेयर सामुहिक लगानी कोषको लागि बाडफाँड गरी बाँकी ३,६९,४८८ कित्ता शेयर सर्ब-साधारणको लागि निष्कासन गरिने छ।

ईच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आबेदन दिन सक्ने छन ।शेयर निष्कासन बन्द छिटोमा ६ गते र ढिलामा १६ गते सम्म आबेदन दिन सकिने जनाएको छ ।

यस कम्पनीको साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। सेबोनले सीवाईसीलाई चैत ९ गते आईपीओ निष्कासनको अनुमति दिएको हो।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

साथै, मेरो शेयर एप तथा पोर्टलबाट पनि आवेदन दिन सकिनेछ ।





सम्बन्धित समाचार