PalikaExpress
१ बैशाख २०७९, बिहीबार
371 पटक हेरिएको

पालिका एक्सप्रेस, सेन्चुरी बैंक लिमिटेडले ऋणपत्र निष्कासनको लागि अनुमति प्राप्त गरेको छ । बैंकले १० वर्ष अवधिको ९ प्रतिशत व्याजदर भएको ‘९ प्रतिशत ,१० बर्ष , सेन्चुरी डिबेन्चर २०८८ ’ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट चैत्र २९ गते अनुमति प्राप्त गरेको थियो। बैंकले रुपैया १००० अंकित दरमा २२ लाख कित्ताको रू. २ अर्ब २० करोड रुपैया बराबरको ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको थियो ।
कुल २२ लाख कित्ता मध्ये ८ लाख ८० हजार कित्ता ऋणपत्र सर्व-साधारणको लागि निष्कासन गर्नेछ भने १३ लाख २० हजार कित्ता ब्याक्तिगत तवरबाट विक्री गर्ने जानकारी गराएको छ ।
यस बैंकको सो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।