
पालिका एक्सप्रेस, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गते देखि सर्ब-साधारणको लागि जारि गरेको शेयरमा अन्तिम दिन सम्म अत्याधिक आवेदन दिएको छ ।
सीडीएससीका अनुसार मंगलबार बेलुका ५ बजे सम्म २४ लाख ३१ हजार १ सय ७० जना लगानीकर्ताले २ करोड ७५ लाख ५६ हजार २ सय ३० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्व साधारणका लागि छुट्याइएको भन्दा १२४ गुणा भन्दा बढी हुन् जान्छ । । लघुवित्तले १०० रुपियाँ अंकित दरका २ लाख ३६ हजार २५० कित्ताको २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको प्रति शेयर साधारण शेयर निष्काशन गरेको थियो।
निष्काशन गरिएको कुल शेयर मध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ।
सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयरका लागि आवेदन दिन सक्ने थिए । निष्काशन बन्द छिटोमा चैत २९ गते हुनेमा चैत्र २७ गते राम नवमीको दिन बिदा भएकोले १ दिन थप गरी चैत्र ३० गते अन्तिम दिन हुने जनाएको थियो ।
यस लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।