२८ चैत्र २०७८, सोमबार   200 पटक हेरिएको


image

पालिका एक्सप्रेस,बलेफी हाइड्रोपावर लिमिटेडले चैत्र १६ गतेबाट  २१ गते सम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को चैत्र ३० गते मंगलबार बाँडफाँट गर्ने भएको छ।

यस हाइड्रोपावर कम्पनीको शेयर भोलि चैत्र ३० गते मंगलबार बिहान ९ बजे शेयर बाँडफाँट हुने जनाएको छ ।यस कम्पनीको शेयरमा सिडिएस एण्ड क्लियरिङ्गका अनुसार २२ लाख ६४ हजार ३७८ आवेदनबाट २ अर्ब ६१ करोड ७१ रुपैयाँ बराबरको २ करोड ६१ लख ७१ हजार ३९० कित्ता शेयरको लागि आवेदन परेको छ।

कम्पनीको सर्व-साधारणलाई निष्काशनमा ल्याएको १६ लाख ६३ हजार ४५३ कित्ताको करिब १५.७४ गुणा बढी हो ।त्यस अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले मात्रै शेयर प्राप्त गर्ने छन् भने बाँकी आवेदकको हात खालि हुने छ ।

कम्पनीले गत चैत १६ बाट १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।





सम्बन्धित समाचार