
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले दोस्रो वार्षिक साधारण सभा मंसिर ३ गतेको लागी आह्वान गरेको छ ।

उक्त सभा मंसिर ३ गते, बुधबार, बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुनेछ ।
यहीं सभाबाट बैंकले निष्कासन गर्न लागेको साधारण शेयर (आइपिओ) को छीनोफानो हुनेछ । बैंकले यसअघिको साधारण सभामा पनि आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो , बिशेष कारणबस शेयर निष्कासन कार्यले पूर्णरूप नभएकोले यसै सभाबाट फेरि पारित गर्न लागेको जनाएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो ।
सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल तथा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।
