२६ चैत्र २०७८, शनिबार   358 पटक हेरिएको


image

पालिका एक्सप्रेस,रिभर फल्स पावर कम्पनी लिमिटेडले साधारण शेयर जारी गर्ने भएको छ ।कम्पनीले यहि चैत्र २७ गते बाट स्थानीय बासिन्दाको लागि आइपिओ जारि गर्ने भएको छ ।

कम्पनीले स्थानीय सर्व-साधारणलाई कम्पनीको जारि पुंजीको १० प्रतिशतले हुने प्रति कित्त्ता अंकित १०० दरका ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरिने भएको छ ।

साथै ,आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि छुट्टाएको शेयर सम्पूर्ण बिक्रि नभएमा बिक्रि नभए बराबरको शेयर समेत समायोजन गरी सर्ब-साधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत ) मा निष्कासन गरिने भएको छ ।

यस कम्पनी शेयरमा लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्म आबेदन दिन सक्ने छन ।शेयर निष्कासन छिटोमा २०७९.०१.११ गते र ढिलोमा बैशाख २६ गते सम्म आबेदन दिन सक्ने छन ।

यस कम्पनीको शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।इच्छुक लगानीकर्ताले आबेदन प्राइम कमर्सियल बैंक,प्रभु बैंक , ग्लोबल आईएमई बैंक का खाँदबारी शाखा बाट आबेदन दिन सक्ने छन ।

त्यसै गरी रिभर फल्स पावर कम्पनी लिमिटेडको आयोजना कार्यालय संखुवासभा बाट पनि आबेदन दिन सक्ने छन ।





सम्बन्धित समाचार