२६ चैत्र २०७८, शनिबार   316 पटक हेरिएको


image

पालिका एक्सप्रेस, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि २०७८ चैत २५ गते देखि सर्ब-साधारणको लागि जारि गरेको शेयरमा पहिलो दिनमा नै ५९ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार शुक्रबार चैत २५ गते पहिलो दिन साँझ सम्ममा ५ लाख ७ हजार १९८ जनाले ५९ लाख ९ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्ताको २६ भन्दा गुणा बढी हुन् जान्छ । लघुवित्तले १०० रुपियाँ अंकित दरका २ लाख ३६ हजार २५० कित्ताको २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको प्रति शेयर साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ।

सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

निष्काशन बन्द छिटोमा चैत २९ गते हुनेछ भने ढिलोमा २०७९ वैशाख ९ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

यसैगरी,मेरो शेयर एप  तथा पोर्टलबाट आवेदन दिन सकिने जनाएको छ। यस लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।





सम्बन्धित समाचार