
पालिका एक्सप्रेस, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि २०७८ चैत २५ गते आजदेखि सर्ब-साधारणको साधारण शेयर (आईपीओ) जारि गर्दै छ।
लघुवित्तले १०० रुपियाँ अंकित दरका २ लाख ३६ हजार २५० कित्ताको २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको प्रति शेयर साधारण शेयर निष्काशन गर्न लागेको हो।
निष्काशन गरिने कुल शेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ।
सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
निष्काशन बन्द छिटोमा चैत २९ गते हुनेछ भने ढिलोमा २०७९ वैशाख ९ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यसैगरी,मेरो शेयर एप तथा पोर्टलबाट आवेदन दिन सकिने जनाएको छ। यस लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।