PalikaExpress
२३ चैत्र २०७८, बुधबार
219 पटक हेरिएको

पालिका एक्सप्रेस, नेपाल स्टक एक्सचेञ्जमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले यस दिन लघुवित्तको १९ प्रतिशत बोनस शेयर पछीको शेयर मुल्य समायोजन गरेको हो।

मुल्य समायोजन पश्चात लघुवित्त कम्पनीको शेयर मूल्य १०७४.१२ रुपैयाँ कायम भएको छ।नेप्सेले अघिल्लो कारोबार मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो।
अघिल्लो कारोबार दिन चैत्र २२ गते मंगलबार लघुवित्तको शेयर प्रतिकित्ता १२७८.२० रुपैयाँ अन्तिम कारोबार भएको थियो।यही समायोजित मूल्यलाई आधार मानेर बुधबार लघुवित्तको शेयर कारोबार खुल्ने भएको छ।