२३ चैत्र २०७८, बुधबार   267 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरि बृद्धि गरेको छ। निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थहरु ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।

आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ५ रूपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ।

अब  पेट्रोल प्रतिलिटर १६० रूपैयाँ पर्ने भएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पर्ने भएको छ भने खाना पकाउने ग्यासको प्ररि सिलिन्डर १६०० रुपैया पर्ने भएको छ ।





सम्बन्धित समाचार