२२ चैत्र २०७८, मंगलवार   350 पटक हेरिएको


image

पालिका एक्सप्रेस, बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गते बाट निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा चैत्र २१ गते अन्तिम दिन सम्ममा १५ गुणा भन्दा बढी आबेदन परेको छ ।

सीडीएसका अनुसार सोमबार साँझ ५ बजे सम्म २२ लाख ६४ हजार ३ सय ७८ जनाले २ करोड ६१ लाख ७१ हजार ३ सय ९० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा १५.७३ गुणा धेरै हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयरको १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासन गरेको थियो । 

जस मध्ये ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्व-साधारणका लागि छुट्याइएको थियो  ।





सम्बन्धित समाचार