
पालिका एक्सप्रेस,शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको चैत १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज चैत २१ गते अन्तिम दिन रहेको छ।
कम्पनीले हाल कायम १०:३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। इन्स्योरेन्स कम्पनीले रुपैयाँ १०० अंकित दरमा ५२ लाख ७५ हजार ५७२ कित्ताको ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको हकप्रद जारी गरेको थियो ।हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले माघ २१ गते शेयर बुक क्लोज गरेको थियो।
यस इन्स्योरेन्स कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा एनआईबिएल एस क्यापिटल ,शिखर इन्स्योरेन्सका रजिष्टर्ड कार्यालय र सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यसका साथै धितोपत्र बोर्डबाट सी-आश्वा सद्स्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था , मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन पाउनेछन्।