२१ चैत्र २०७८, सोमबार   270 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेपाल लाइफ इन्सुरेन्सको चैत २१ गते सोमबार बार्षिक साधारण सभा होटल भिष्वा वीरगंज पर्सामा बिहान ९ बजे देखि सुरु हुने भएको छ ।

बार्षिक साधारण  सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरेको छ। सोहि आधारमा चैत ६ गते सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले लाभांश पाउने छन् ।

कम्पनीको आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १४% बोनस शेयर र ०.७३% नगद लाभांश (कर प्रयोजनका लागि) ग गरी कुल १४.७३% लाभांश वितरण गर्न लागेको हो ।

त्यस्तैगरी  सभामा कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र सर्व-साधारण सेयरको ६०:४० को अनुपातलाई ५१:४९ कायम गर्न संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पनि रहनेछ ।

सोहि सभामा आ.ब. २०७६/०७७ को नाफा नोक्सान हिसाब ,नगद प्रबाह विवरण तथा अन्य वित्तीय विवरण उपर  छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । 

साथै सो सभाले २०७७/०७८ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ ।





सम्बन्धित समाचार