१९ चैत्र २०७८, शनिबार   351 पटक हेरिएको


image

पालिका एक्सप्रेस, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपीओ ) सर्ब साधारणलाई निष्कासन गर्ने भएको छ।

कम्पनीले रुपैया १०० अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता शेयरको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैया बराबरको  आइपीओ निष्कासन गर्ने भएको छ ।

उक्त लघुवित्त कम्पनीको आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट चैत्र ९ गते अनुमति प्राप्त गरेको छ ।

यस लघुवित्त कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ८ करोड २१ लाख रुपैयाँ रहेको छ ।आइपीओ निष्कासनपछि पूँजी १२ करोड १६ लाख रुपैयाँ पुग्ने छ ।





सम्बन्धित समाचार