१९ कार्तिक २०७७, बुधबार   38 पटक हेरिएको


image

अब कोरोना संक्रमितले एक साता भित्र दाबी भुक्तानी पाउने भएका छन । सो बिमा रकम प्राप्त गर्न लागि आवश्यक कागजात पूरा भई निवेदन दिनु पर्ने हुन्छ ।हाल सम्म निबेदन दिएका २३०० जनालाई एक साता भित्रैमा बीमा दावी भुक्तानी दिइने भएको छ । बीमक संघका अनुसार दावी परेका मध्ये धेरै जनाको पुरा कागजपत्र नभएको जनाएको छ । जसले गर्दा तिनीहरुलाई दाबी भुक्तानी हाललाई नदीने निर्णय भएको जानकारी प्राप्त भएको छ । अरु बिमकहरुलाई पनि बीमा दावी भुकतानीको लागी आबस्यक कागजात जतिसक्दो चाँडो बुझाउन पनि बीमक संघका सचिवले जानकारी दिनु भएको छ ।

अहिलेसम्म विभिन्न निर्जिबन बिमा कम्पनीमा १५ हजार भन्दा बढि दावी परिसकेको छ । कोरोना संक्रमित भएपछि घरभित्रै वा अस्पतालमा आईसोलेशनमा बस्नुपर्ने भएकोले कागजात बुझाउन ढिलाई हुने गरेको छ ।

बीमा समितिले कोरोना बीमा पोलिसी संशोधन गरी थप कागजात पेश गर्नुपर्ने भएपछि कागजात जुटाउन समय लाग्ने भएको छ ।

कोरोना बीमामाथि १५ हजार भन्दा बढिको बीमा दावी परेको छ । सो मध्ये करिब १० हजार सरकारी कर्मचारी, सुरक्षाकर्मीहरु रहेका छन् ।

बीमक संघका अनुसार कागजात पूरा भएका २३०० जना बीमितलाई आगामी एक साताभित्रैमा दावी भुक्तानी दिइने जनाएको छ । साथै अन्य बीमितको हकमा सम्पूर्ण कागजात पूरा भएको एक साताभित्रैमा दावी भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ,र अन्य बीमितलाई कागजपत्र बुझाऊन पनि सूचना गरेको छ ।





सम्बन्धित समाचार