१९ कार्तिक २०७७, बुधबार   221 पटक हेरिएको


image

एजेन्सी । एक जना महिलाले कति जना पुरुषसँग विवाह गर्लिन, एकजनासँग वा दुईजना तीनजनासँग ? हजुरको अनुमान कति हुन सक्छ ? तपाइलाई धेरै अचम्म लाग्न सक्छ । तर एक महिलाले भने विवाहमा नयाँ रेकर्ड कायम गरेकी छन् । हो एकपछि अर्को बिए गर्दै ती महिलाले ९ जना पुरुषसँग प्रेम विवाह गरिन् । सबै तिर हल्ला भए पछि महिलाका आठौं पतिले प्रहरीमा मुद्दा समेत दर्ता गरे । प्रहरीले उक्त घटनामा सम्झौताका लागि धेरै प्रयास गर्यो । तर कुरा मिल्दै मिलेन । महिलाले नवौं पतिसँग प्रेम गरेको बताइन् र उनीसँगै हिँडिन् ।

प्रहरीका अनुसार भारतको लखीमपुर शहरको सदर क्षेत्रमा बस्ने महिलाको १० वर्ष पहिले सोही ठाउँका एक युवकसँग विवाह गरेकी थिइन् । केही दिनपछि पती/पत्नीबीच खटपट हुन थाले पछि महिलाले पतिसँगको नाता तोडेर आफ्नै मर्जीले दोस्रो युवकसँग विवाह गरिन् । दोस्रो पुरुषसँग पनि केही समय विताएर उनले तेस्रो पुरुषसँग विवाह गरिन् ।

तर तेस्रो पुरुषसँगको सम्बन्ध पनि धेरै दिन टिक्न सकेन । हरेक पटक महिलाको उनका पतिसँग मनमुटाव हुँदै आयो र उनले जतिपटक मनमुटाव भयो सम्बन्ध तोड्दै नयाँ पुरुषलाई आफ्नो जीवनसाथी बनाउँदै गइन् । आठौं पटकको विवाह पछि सम्बन्धमा केही स्थायित्व आयो । फरधान भन्ने ठाउँका एक व्यक्तिसँग विवाह गरेपछि ती महिला उनीसँग करिब ५ वर्ष सम्बन्धमा बसिन् । सम्बन्धमा रहँदा उनी ४ वटा बच्चाकी आमा बनिन् । समय अगाडि बढ्दै गएको थियो फेरि पति र पत्नीबीच विवाद भयो ।

आठौं पतिसँग सम्बन्धलाई अगाडी बढाउन मननगरे पछि ती महिलाले अर्को पुरुषसँग नवौंपटक फेरी अर्को विवाह गरेर फरधान छाडेर मोहम्मदी भन्ने ठाउँमा आएर बस्न लागिन् । अब भने आठौं पतिले उनीविरुद्ध फरधान प्रहरी चौकीमा रिपार्ट दर्ता गराए र मोहम्मदी भन्ने ठाउँका युवकले आफ्नो पत्नी भगाएको आरोप समते लगाए ।

त्यसपछि प्रहरीले महिला र उसका नवौं पतिको खोजी शुरु गर्यो । खोजी शुरु गरेको केही दिनपछि प्रहरीले महिला र उनका नवौं पतिलाई पक्राउ गरि उनीहरुलाई स्थानीय अदालतमा पेश गरिएको थियो । महिलाले आफू नवौं पतिसँग बस्न इच्छुक रहेको बयान दिएपछि अदालतले आठौं पतिले दायर गरेको मुद्दा खारेज गरिदिएको छ ।

आठौं पतिसँग सम्बन्धलाई अगाडी बडाउन मन नलागे पछि ती महिलाले अर्को पुरुषसँग नवौंपटक फेरी विवाह गरेर फरधान छाडेर मोहम्मदी भन्ने ठाउँमा आएर बस्न लागिन् । तर आठौं पतिले उनीविरुद्ध फरधान प्रहरी चौकीमा रिपार्ट दर्ता गराए र मोहम्मदी भन्ने ठाउँका युवकले आफ्नो पत्नी भगाएको आरोप समते लगाए ।

त्यसपछि प्रहरीले महिला र उसका नवौं पतिको खोजी शुरु गर्यो । खोजी शुरु गरेको केही दिनपछि प्रहरीले महिला र उनका नवौं पतिलाई पक्राउ गरि उनीहरुलाई स्थानीय अदालतमा पेश गरिएको थियो । महिलाले आफू नवौं पतिसँग बस्न इच्छुक रहेको बयान दिएपछि अदालतले आठौं पतिले दायर गरेको मुद्दा खारेज गरिदिएको छ ।

लेख/रचनाको लागि [email protected] मा मेल गर्न सक्नुहुन्छ।





सम्बन्धित समाचार