१७ चैत्र २०७८, बिहीबार   335 पटक हेरिएको


image

नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पद खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेका ईच्छुक नेपाली नागरिक स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रु.१०।- को टिकट टाँसी दरखास्त पेश गर्न आव्हान गरिएको छ। कुल ४००० सैन्य पदको लागि विभिन्न कोटामा दरखास्त पेश गर्न आव्हान गरिएको छ। दरखास्त पेश गर्ने मितिः मिति २०७८/१२/१७ गतेदेखि मिति २०७९/०१/१६ गतेसम्म र दोब्बर दस्तुर बुझाई मिति २०७९/०१/१७ गतेदेखि मिति २०७९/०१/२३ गतेसम्म कार्यालय समय भित्र दर्ता गर्न सकिनेछ ।


शैक्षिक योग्यता
(क) कक्षा ८ (आठ) उत्तीर्ण गरेको हुनुपर्नेछ । कक्षा ९ (नौं) र १० (दश) उत्तीर्ण हुनेहरुले पनि कक्षा ८ (आठ) उत्तीर्णको शैक्षिक योग्यताको प्रमाण-पत्र अनिवार्य रुपमा बुझाउनु पर्नेछ र कक्षा ८ (आठ) उत्तीर्णको प्रमाण-पत्रमा न्यूनतम 2 GPA अनिवार्य हुनुपर्ने र कुनै पनि विषयमा D+ भन्दा कम हुन नहुने । (ख) एस.एल.सी./एस.ई.ई. वा सो भन्दा माथिको शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गर्नेहरुले पेश गरेको प्रमाण-पत्रहरु मध्ये माथिल्लो शैक्षिक योग्यताको प्रमाण-पत्रमा न्यूनतम 2 GPA अनिवार्य हुनुपर्ने र कुनै पनि विषयमा D+ भन्दा कम हुन नहुने । साथै, यस बमोजिम प्रमाण-पत्र पेश गर्ने उम्मेदवारहरुले एस.एल.सी./एस.ई.ई. सहित हासिल गरेको सबै शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि बुझाउनु पर्नेछ ।
दरखास्त साथ समावेश गर्नुपर्ने आवश्यक कागजातहरुः देहाय बमोजिमका कागजातहरुको प्रतिलिपि उम्मेद्वारहरु स्वयम्‍ले प्रमाणित गरी १/१ (एक/एक) प्रतिका दरले नेपाली फायलमा राखी पेश गर्नु पर्नेछ । केरमेट तथा दोहोरो लेखिएको प्रमाण-पत्रहरु मान्यता हुने छैन । दरखास्त दिन आउंदा, पेश गरिने सबै कागजातहरुको सक्कल प्रति अनिवार्य रुपमा साथमा ल्याउनु पर्नेछ ।
(क) नेपाली नागरिकताको प्रमाण-पत्र ।
(ख) सबै शैक्षिक तहहरुको योग्यताको प्रमाण पत्रको लब्धाङ्क पत्र, चारित्रिक प्रमाण-पत्र र ओरिजिनल/प्रोभिजनल प्रमाण-पत्र ।
(ग) नेपालको विश्वविद्यालय बाहेक अन्य देशका बोर्ड तथा विश्वविद्यालयबाट उपाधी हासिल गर्नेहरुको हकमा त्रि.वि.वि.बाट प्रकाशित समकक्षताको मान्यता प्राप्त पुस्तकबाट आफुले हासिल गरेको उपाधीको समकक्षताको फोटोकपी र माईग्रेसन (स्थानान्तरण) को प्रमाण-पत्र समेत अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।
(घ) शैक्षिक योग्यता बाहेक आफुले प्राप्त गरेको अन्य प्रमाण-पत्रहरु (अतिरिक्त क्रियाकलाप) र विविध विषय सम्बन्धी प्रमाण-पत्रहरु ।
(ङ) कर्तव्य पालनाको सिलसिलामा अशक्त/मृत्यु भएका नेपाली सैनिकका सन्ततीहरु र समावेशीतर्फ दरखास्त दिने उम्मेदवारहरुको हकमाः
(१) श्री समारोह संचालन निर्देशनालयबाट प्रकाशित साहाराको जरुरतको नामावली लगतमा नाम समावेश भएको हुनुपर्ने ।
(२) निबृत्तिभरण अधिकार पत्र (पेन्सन पट्टा) मा वीरगती वा अशक्त भनि उल्लेख भएको व्यहोराको प्रमाणित प्रतिलिपि प्रति- १ (एक) ।
(३) बहालवालाको हकमा सैनिक सेवा नियमावली, २०६९ को दफा १०७ अनुसार मेडिकल बोर्डको सिफारिस पत्रको प्रतिलिपि प्रति- १ (एक) ।
(४) सम्बन्धित उम्मेदवारसंगको नाता प्रमाणितको प्रतिलिपि प्रति- १ (एक) ।





सम्बन्धित समाचार