१७ चैत्र २०७८, बिहीबार   181 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल स्टक एक्सचेञ्जमा तिन यी कम्पनीहरुको बोनस शेयर पछीको सेयरमूल्य समायोजन भएको छ भने एक कम्पनीको बोनस शेयर सुचिकृत भएको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको १९.६२ प्रतिशत बोनस सेयर पछिको शेयर मुल्य नेप्सेले प्रतिकित्ता १११६.८६ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । 

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १३३६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ८९१.३० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १०२५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ७४३.२४ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ८२५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।त्यस्तै गरी ,नेशननल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

बुधबार लघुवित्तको १६,७६,२१४.२१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई यस लघुवित्तले ४० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सोहि बोनस शेयर नेप्सेमा सुचिकृत भएको छ ।





सम्बन्धित समाचार