१७ चैत्र २०७८, बिहीबार   279 पटक हेरिएको


image

पालिका एक्सप्रेस,ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गते देखि ११ गते सम्म निष्कासन गरेको आईपीओमा २१ लाख ५७ हजार भन्दा बढीले आवेदन दिएका छन् । 

यस कम्पनी साधारण शेयरको प्रि-अलटमेन्ट कार्य सम्पन्न गरी सकेको छ भने बाँडफाँट आउदो २०७८ चैत २० गते आइतबार गर्ने भएको छ ।

प्राप्त जानकारी अनुसार यस कम्पनीको साधारण शेयरमा २१ लाख ५७ हजार ५६० जना आवेदकबाट २ अर्ब ५९ करोड ४० लाख ५६ हजार रुपैयाँ बराबरको २ करोड ५९ लाख ४० हजार ५६० कित्ता शेयरको लागि आबेदन दिएका छन।

यो सर्वसाधारणको लागि छुट्टाएको २८ लाख ७५ हजार कित्ताको ९.०३ गुणा बढी हुन आउछ ।त्यस अनुसार २ लाख ८७ हजार ५०० जना आवेदकले मात्रै १० कित्ताका दरले शेयर प्राप्त गर्ने छन भने बाँकी आवेदकको हात खालि हुने छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ ।





सम्बन्धित समाचार