
पालिका एक्सप्रेस, प्राईम कमर्सियल बैंक लिमिटेडले चैत्र १६ गतेबाट ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको १० प्रतिशत व्याजदर भएको ‘१० बर्ष ,१०प्रतिशत, प्राईम डिबेन्चर २०८८ ’ नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत फागुन २३ गते अनुमति प्राप्त गरेको थियो। बैंकले रुपैया १००० अंकित दरमा २५ लाख कित्ताको रू. २ अर्ब ५० करोड रुपैया बराबरको ऋणपत्र निष्कासन गर्नका लागि पुस २१ गते सेबोनमा निवेदन दिएको थियो ।
कुल २५ लाख कित्ता मध्ये १० लाख कित्ता ऋणपत्र सर्व-साधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता ब्याक्तिगत तवरबाट विक्री गर्ने जानकारी गराएको छ ।
सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । उक्त ऋणपत्रमा छिटोमा चैत्र २१ गते र ढिलोमा चैत्र ३० गतेसम्म आवेदन दिन सकिनेछ ।
यस बैंकको सो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताहरूले आरबीबी मर्चेन्ट बैकिङ्ग, प्राईम कमर्सियल बैंक लिमिटेडको रजिस्टर्ड कार्यालय कमलपोखरी ,काठमाण्डौं तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो शेयर एप र पोर्टलबाट आवेदन दिन सक्नेछन् ।