PalikaExpress
१४ चैत्र २०७८, सोमबार
246 पटक हेरिएको

पालिका एक्सप्रेस, विन नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको संचालक समितिको चैत १३ गते बसेको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पूँजीको बोनस सेयर ११ प्रतिशत र नगद लाभांश ०.५ प्रतिशत (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा आगामी बार्षिक साधारण सभाले अनुमोदन गरे पछि मात्र वितरण गरिने छ।