१९ कार्तिक २०७७, बुधबार   161 पटक हेरिएको


image

सानिमा जनरल इन्स्योरेन्स (SGI) शेयर नेपाल स्टक एक्सचेञ्ज मा रु ३११ (नेप्से) मा कारोबार भएको छ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति कित्ता न्युनतम १०३ रुपैयाँ ७३ पैसा देखि अधिकतम ३११ रुपैयाँ १९ पैसा ओपनिङ्ग रेन्ज तोकिएको थियो । सानिमा जनरल इन्स्योरेन्सको शेयरलाई (SGI) कारोबार संकेत मार्फत कारोबार भएको छ । यसअनुसार बुधबार कम्पनीको पहिलो कारोबार भएको हो।

सानिमा जनरल इन्स्योरेन्स (SGI) शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार मात्र सूचीकृत भएको हो । इन्स्योरेन्सको एक करोड कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।साधारण शेयर धितोपत्र सूचीकरण नियमावली ऐन २०७५ बमोजिम मिति २०७७.०७.१७ गतेको निर्णय अनुसार सूचीकरण गरिएको हो ।





सम्बन्धित समाचार