PalikaExpress
१४ चैत्र २०७८, सोमबार
205 पटक हेरिएको

पालिका एक्सप्रेस,साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि लाभांश पारित गर्न बार्षिक साधारण सभा चैत ३० गते हुने भएको छ।
कम्पनीले बार्षिक साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका मंगलबार चैत १५ गते देखि ३० गते सम्म बुक क्लोज गर्दैछ ।
त्यसकारण ,चैत १४ गते आज सोमबार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्ने सक्ने छन् ।
कर्पोरेसनको सञ्चालक समितिको फागुन २९ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
जसमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ०.५ प्रतिशत (कर प्रयोजनका लागि) कुल १०.५ प्रतिशत लाभांश प्रस्ताव अनुमोदनका लागि सो सभामा पेश हुनेछ ।