१३ चैत्र २०७८, आईतवार   190 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर भोलि चैत १४ सोमबार गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

यो लघुवित्त आईपीओ चैत १३ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हो। नेप्सेमा कुल २५ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको छ।

जसमा संस्थापक समूहको १७ लाख २१ हजार २५० कित्ता (६७.५ प्रतिशत) र सर्वसाधारणको ८ लाख २८ हजार ७५० कित्ता (३२.५ प्रतिशत) रहेका छन्।

स्टक एक्सचेन्जले लघुवित्तलाई नेष्डो (NESDO) कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले नेष्डोलाई न्यूनतम २६०.८४ रुपैयाँदेखि अधिकतम ७८२.५२ रुपैयाँ तोकेको छ।





सम्बन्धित समाचार