
पालिका एक्सप्रेस,नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्त संस्थाको चैत्र १२ गते बसेको सञ्चालक समितिको ३५ औ बैठकले गरेको निर्णय अनुसार संस्थाको १३ औ वार्षिक साधारण सभा आगामी २०७९ वैशाख १० गते धुलिखेल काभ्रेपलान्चोक ३ बजेबाट सुरू हुने जनाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर १९ प्रतिशत र नगद लाभांश १ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, संस्थाले बार्षिक साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि चैत्र २३ गतेदेखि वैशाख १० गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसकारण , चैत्र २२ गते सम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र बार्षिक साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।