PalikaExpress
१२ चैत्र २०७८, शनिबार
322 पटक हेरिएको

पालिका एक्सप्रेस, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ।
अब केहि दिनमा नै कारोबारमा आउने यस लघुवित्त कम्पनीको शेयरको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम २६०.८४ रूपैयाँ देखि अधिकतम ७८२ .५२ रुपैयाँ सम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेको छ ।
नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । यस लघुवित्त संस्थाको आर्थिक वर्ष २०७६/०७७ को प्रतिसेयर नेटवर्थ २६०.८४ रूपैयाँ रहेको छ ।
सोहि नेटवर्थको आधारमा २६०.८४ रूपैयाँ देखि ७८२.५२ रुपैयाँ हुने देखिन्छ ।