१२ चैत्र २०७८, शनिबार   172 पटक हेरिएको


image

पालिका एक्सप्रेस,  आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन भोलि चैत्र १३ गते आइतवार रहेको छ ।

इन्स्योरेन्स कम्पनीले १०:४ अनुपातमा रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर फागुन २२ गतेदेखि निष्कासन गरेको हो । 

आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद  शेयर फागुन २२ गते निष्काशन गरेको थियो । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत अर्थात १:०.४ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको  हो । 

इन्स्योरेन्स कम्पनीले रुपैयाँ १०० अंकित दरका   कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर जारी गरेको छ।  कम्पनीले हकप्रद सेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, आइएमई जनरल इन्स्योरेन्सका कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

साथै, मेरो शेयर एप र पोर्टलबाट पनि आबेदन दिन सक्नेछन । 





सम्बन्धित समाचार