११ चैत्र २०७८, शुक्रबार   145 पटक हेरिएको


image

पालिका एक्सप्रेस, ग्रीन भेन्चर्स लिमिटेडको आइपिओमा आबेदन दिने आज अन्तिम दिन हो ।कम्पनीको शेयरमा सर्व-साधारणको लागि निष्काशन गरेको आईपीओमा तेस्रो दिन सम्ममा माग भन्दा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीवार साँझ ५ बजे सम्म १५ लाख ९२ हजार ७ सय ६३ जना आवेदकहरुले एक करोड ९५ लाख ३४ हजार ५ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । 

यो सर्वसाधारणको लागि छुट्टाएको २८ लाख ७५ हजार कित्ताको ६.७९ गुणा बढी हुन आउछ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ लाख २५ हजार कित्ताको  ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको छ। 

जस मध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा चैत्र ११ गते र ढीलामा चैत्र २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी–आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । 

यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले साधारण शेयर (आईपीओ)मा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

साथै ,मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सकिनेछ ।





सम्बन्धित समाचार