
पालिका एक्सप्रेस, नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर (आईपीओ) निष्कासन गर्नको लागि अनुमति प्रदान गरेको छ ।
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेड रहेको छ ।सीवाईसी नेपाल लघुवित्तले रुपैयाँ १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको शेयर जारी गर्नेछ ।
सेबोनले सीवाईसीलाई चैत ९ गते आईपीओ निष्कासनको अनुमति दिएको हो। यस कम्पनीको साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

यसैगरी ,रिभर फल्सले १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ३० हजार कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्नेछ। रिभर फल्सलाई चैत १० गते निष्कासनको अनुमति दिएको हो।
यस रिभर फल्स कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।