
पालिका एक्सप्रेस,जिबन बिकास लघुवित वित्तीय संस्थाले वार्षिक साधारण सभाको आह्वान गरेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी मोरङमा चैत २५ गते बिहान १०:३० बजे दखि सुरु हुने जनाएको छ ।
सो सभाले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर ७०% र नगद लाभांश ३.६८% (कर प्रयोजनको लागि) गरी कुल ७३.६८% लाभांश वितरण गर्न पारित गर्ने छ ।
लघुवित्त कम्पनीको अधिकृत पुँजी १ अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँ र जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँबाट १ अर्ब ३ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ नोक्सान हिसाब ,वासलात तथा नगद प्रवाह विवरण आदिमा छलफल गरी सोहि सभाले पारित गर्ने छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव उपर छलफल गरी पारित गर्ने छ । संस्थाको साधारण सभा प्रयोजनका लागि चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
यस आधारमा चैत ११ गते सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सो प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्ने छन् ।