PalikaExpress
९ चैत्र २०७८, बुधबार
372 पटक हेरिएको

पालिका एक्सप्रेस,उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले यहि चैत ७ गते उपकार लघुवित्तलाई साधारण शेयर (आईपीओ) निष्कासनको लागि अनुमति प्रदान गरेको छ ।
यस लघुवित्त कम्पनीले १०० अंकित दरका कुल २ लाख ६६ हजार २५० कित्ता शेयरको २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ।

यस लघुवित कम्पनीको आईपीओ निस्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।