PalikaExpress
९ चैत्र २०७८, बुधबार
402 पटक हेरिएको

पालिका एक्सप्रेस,अपी पावर कम्पनी लिमिटेडले हकप्रद शेयर चैत्र २५ गते बाट निष्काशन गर्ने भएको छ । कम्पनीले १:०.३९३६२९२६ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो।
कम्पनीले रुपैयाँ १०० अंकित दरका कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर जारी गर्ने छ।
कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनका लागि २०७८ चैत १४ गते सोमबार १ दिनका लागि बुक क्लोज गर्ने भएको छ ।सोहि अनुसार चैत १३ गते सम्म कायम सेयरधनीहरु मात्र यस हकप्रद सेयरमा आवेदन योग्य हुनेछ ।
सो हकप्रद शेयर २०७९ बैशाख १५ गते सम्म आबेदन दिन सकिने जनाएको छ ।यस कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
लगानीकर्ताहरूले मुक्तिनाथ क्यापिटल तथा मेरो शेयर एप र पोर्टलबाट आवेदन दिन सक्नेछन् ।