९ चैत्र २०७८, बुधबार   257 पटक हेरिएको


image

पालिका एक्सप्रेस, नेपाल स्टक एक्सचेन्जमा मंगलबार साना किसान लघुवित वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

स्टक एक्सचेन्जका अनुसार  साना किसान लघुवित्तको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको बोनस सेयर २५ प्रतिशत र नगद लाभांश १.३१५७ प्रतिशत (कर प्रयोजनका लागि) गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

सोहि २५ प्रतिशत बोनस शेयर   बापतको बोनस स्टक एक्सचेन्जमा सूचीकृत गरिएको छ। स्टकका अनुसार  ३१ लाख २८ हजार ८ सय २७ दशमलव ४५५२ कित्ता सेयर सूचिकृत भएको हो ।





सम्बन्धित समाचार