९ चैत्र २०७८, बुधबार   166 पटक हेरिएको


image

पालिका एक्सप्रेस, ग्रीन भेन्चर्स लिमिटेडले सर्व-साधारणको लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ)मा पहिलो दिनमा नै माग भन्दा बढी आवेदन गरेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ बजे सम्ममा ४ लाख ३२ हजार ४२१ जना आवेदकबाट ५४ करोड ५८ लाख ९६ हजार रुपैयाँ बराबरको ५४ लाख ५८ हजार ९६० कित्ता शेयर माग गरेको हो ।

यो सर्वसाधारणको लागि छुट्टाएको २८ लाख ७५ हजार कित्ताको १.९० गुणा बढी हुन आउछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ लाख २५ हजार कित्ताको  ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको छ। 

जस मध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा चैत्र ११ गते र ढीलामा चैत्र २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी–आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । 

यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले साधारण शेयर (आईपीओ)मा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

साथै ,मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सकिनेछ ।





सम्बन्धित समाचार