
पालिका एक्सप्रेस, बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले २०७८ चैत्र १६ गते देखि सर्व-साधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयरको १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासन गर्न लागेको हो ।
जस मध्ये ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्व-साधारणका लागि छुट्याइएको छ ।
यस हाइड्रोपावर कम्पनीको साधारण शेयरमा ईच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले छिटोमा चैत्र २१ गतेदेखि ढीलोमा चैत्र ३० गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
साथै, मेरो शेयर एप तथा पोर्टलबाट पनि आवेदन दिन सकिनेछ ।यस हाइड्रोपावर कम्पनीको साधारण शेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।