७ चैत्र २०७८, सोमबार   218 पटक हेरिएको


image

पालिका एक्सप्रेस, ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते देखि सर्व-साधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।  

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ लाख २५ हजार कित्ताको  ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको छ  । 

जस मध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा चैत्र ११ गते र ढीलामा चैत्र २२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले साधारण शेयर (आईपीओ)मा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

साथै मेरो शेयर एप र पोर्टलबाट पनि आवेदन दिन सकिनेछ ।





सम्बन्धित समाचार