७ चैत्र २०७८, सोमबार   247 पटक हेरिएको


image

पालिका एक्सप्रेस, छायाँ देवी कम्प्लेक्स लिमिटेडले सर्व-साधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । सोको लागि कम्पनीले प्रभु क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ।

शेयर निष्कासनकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा छायाँ देवी कम्प्लेक्सका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले चैत्र ६ गते आइतवार हस्ताक्षर गरेका छन् ।

कम्प्लेक्स कम्पनीले हाल काठमाडौंको ठमेलमा पाँचतारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ ।कम्पनीले हाल कायम जारी पुँजीको १० प्रतिशतले हुन आउने आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले प्रक्रिया अगाडि बढाएको छ।





सम्बन्धित समाचार