१९ कार्तिक २०७७, बुधबार   40 पटक हेरिएको


image

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले(GLICL) ले  आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन  रहेको छ।कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ भोलि देखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

आज २०७७-०७-१९ बुधवार सम्मशेयर  खरीद गरेकाले मात्र लाभांश पाऊने छन भने कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई ५.२५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

  यो कम्पनीले यही २०७७,मंसिर ४ गते काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आयोजना हुने दसौँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।





सम्बन्धित समाचार