६ चैत्र २०७८, आईतवार   187 पटक हेरिएको


image

पालिका एक्सप्रेस , नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने २०७८ चैत्र ६ गते  आइतवार आज अन्तिम दिन रहेको छ ।

इन्स्योरेन्स कम्पनीले बार्षिक साधारण सभा प्रयोजनको लागि चैत ७ गते १ दिन बुक क्लोज गर्ने भएकाले चैत ६ गते आइतवारसम्म कारोबार  भई कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने छन  ।

कम्पनीले आ.व २०७६/०७७ को नाफाबाट शेयरधनीलाई बोनस शेयर १४ प्रतिशत र नगद लाभांश ०.७४ प्रतिशत (कर प्रयोजनको लागि)वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त  प्रस्ताव पारितका लागि कम्पनीले चैत २१ गते साधारण सभा बोलाएको छ। साधारण सभा होटल भिष्वा बीरगंज पर्सामा बिहान ९ बजे बाट हुने जनाएको छ ।





सम्बन्धित समाचार