PalikaExpress
५ चैत्र २०७८, शनिबार
249 पटक हेरिएको

पालिका एक्सप्रेस ,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने २०७८ चैत्र ६ गते आइतवार अन्तिम दिन सम्म रहेको छ ।
इन्स्योरेन्स कम्पनीले बार्षिक साधारण सभा प्रयोजनको लागि चैत ७ गते १ दिन बुक क्लोज गर्ने भएकाले चैत ६ गते आइतवारसम्म कारोबार भई कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने छन ।
कम्पनीले आ.व २०७६/०७७ को नाफाबाट शेयरधनीलाई बोनस शेयर १४ प्रतिशत र नगद लाभांश ०.७४ प्रतिशत (कर प्रयोजनको लागि)वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले चैत २१ गते साधारण सभा बोलाएको छ। साधारण सभा होटल भिष्वा बीरगंज पर्सामा बिहान ९ बजे बाट हुने जनाएको छ ।