४ चैत्र २०७८, शुक्रबार   293 पटक हेरिएको


image

पालिका एक्सप्रेस,अपी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन प्रयोजनको लागि बुक क्लोज मिति तय गरको छ । कम्पनीले २०७८ चैत १४ गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

कम्पनीको संचालक समितिको २०७८ चैत्र ४ गते बसेको बैठकको निर्णयानुसार गत भाद्र २५ गते बसेको बैठकको निर्णय बमोजिम हकप्रद शेयर जारि गर्न २०७८ चैत १४ गते सोमबार बुक क्लोज गर्ने भएको छ ।

सोहि अनुसार चैत १३ गते सम्म कायम सेयरधनीहरु मात्र यस हकप्रद सेयरमा आवेदन योग्य हुनेछ ।कम्पनीलले १:०.३९३६२९२६ अनुपातमा हकप्रद निष्काशनको अनुमति पाएको हो ।

अपी पावरले आफ्ना सेयरधनीहरुलाई १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ।

कम्पनीको सो हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार