३ चैत्र २०७८, बिहीबार   254 पटक हेरिएको


image

पालिका एक्सप्रेस,नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चैत १० गते देखि अवितरित हकप्रद शेयर लिलामी बाट विक्री गर्ने भएको छ । 

कम्पनीले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक समूहको १,३१,९९८ कित्ता र सर्व-साधारण समूहतर्फको १३,६५१ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो ।

यो शेयर खरीदका लागि चैत १० गते देखि चैत १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । ईच्छुक लगानीकर्ताले न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल बिधिबाट खरिद आबेदन दिन सक्ने छ ।

 उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

इच्छुक लगानीकर्ताले विक्री प्रबन्धक ग्लोबल आईएमई बैंकका शाखा कार्यालयहरुबाट आबेदन पेश गर्न सक्नेछन  ।





सम्बन्धित समाचार